Logo
१२ बैशाख २०८१, बुधबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मौसममा पुन: परिवर्तन : ३ दिनसम्म हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं :  जल तथा मौसम पूर्वानुमान महाशाखाले आज बिहीबार देशका अधिकांश भूभागमा आंशिक बदली रहने जनाएको छ ।

महाशाखाले देशका पश्चिमी र मध्य भूभागमा र पूर्वी भूभागका पहाडी क्षेत्रमा आंशिक देखि सामान्य बदली हुने सम्भावना रहेको जनाएको छ ।  त्यसैगरी देशका पश्चिमी र मध्य भूभागका केही स्थानमा र पूर्वी भूभागका केही स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी भोलि शुक्रबार देशको पहाडी भूभागमा आंशिक बदली रही अपरान्हपछि सामान्य बदली तथा थोरै स्थानमा मेघ गर्जनसहित हावाहुरी र वर्षाको सम्भावना औंल्याइएको छ । शनिबारपनि केही भागमा बदली र अपरान्हपछि हावाहुरी सहितको वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्