Logo
१५ चैत्र २०८०, बिहीबार
(May 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेवाग्राहीबाट घुस लिएको आरोप लागेका न्यायाधीश ढकालविरुद्ध सर्वोच्चमा रिट

सेवाग्राहीबाट घुस लिएको आरोप लागेका उच्च अदालत राजविराजका न्यायाधीश लेखनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आज रिट दिवेदन दर्ता गर्न आदेश दिएपछि सो निवेदन दर्ता भएको हो ।

सेवाग्राहीबाट रु १८ लाख घुस लिएको अभियोगमा सार्वजनिक सरोकारको विषयअन्तगर्तत काभ्रेपलाञ्चोकका उमेश बानियाँले न्यायाधीश ढकालविरुद्ध सर्वोच्च अदालतमा यही जेठ ६ गते पेश गरेको रिट निवेदन सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको थियो ।

सो दरपीठविरुद्ध बानियाँले इजलासमा दर्ता गर्न निवेदन दिएपछि न्यायाधीश मल्लको इजलासले ठरपीठको आदेश बदर गरी निवेदन दर्ता गर्न आदेश दिएको हो । आदेशलगत्तै रिट निवेदन दर्ता भएको हो ।

प्रकाशित मिति: May 22, 2019

प्रतिक्रिया दिनुहोस्