Logo
१३ बैशाख २०८१, बिहीबार
(May 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस कारण आउने गर्छ जिब्रो तथा मुखमा घाउ !

किन आउँछ जिब्रो तथा मुखमा घाउ ? यस्ता छन् निको पार्ने उपायहरूकोशी अनलाइन आइतबार, जेठ ०५, २०७६ मा प्रकाशित
मुखभित्र, जिब्रो, गिजा, ओठलगायतका मुखको कुनाकानी र कहिले काहीँ गालाको छेउसम्म देखिने साना बिबिरा, मसिना सेता खालका फोकाफोकीले निकै सताउँछ गर्छ । यसले गर्दा खान तथा बोल्नै नहुनेगरी दुःख दिन सक्छ ।

कहिले सानु र एक वा एकभन्दा बादी हुने योे समस्या बढेर जटिल भइ घाऊ ठूलो र गहिरो भएर लगातार दुख्ने, पोल्ने, ज्वरो आउने, घाँटीको ग्रन्थि सुन्निने, दुख्ने समस्या निम्तिन सक्छ । हाम्रो शरीरमा भिटामिन बी, सी, आइरन, प्रोटिनलगायत पोषणको कमीले मुखमा घाउ हुन्छ ।

यसरी नै दाँत नमाझ्ने, खाना खाएर कुल्ला नगर्ने जस्ता सरसफाइको कमी, कब्जियत, ग्यास्ट्राइटिस वा अम्लपित्त, अपच जस्ता पेटसम्बन्धी रोगहरू तथा शरीरमा पानीको कमी भएका कारणले हाम्रो मुखभित्र खटिरा आउने गर्छ । यसै गरि सुर्ती-पानमसला, मद्यपान र धूमपान गर्ने, ब्याक्टेरिया तथा फङ्गसको संक्रमण, बढी तातो र मसलाहरू वा बढी अम्ल भएको खानपान गर्दा मुखभित्र र वरपर घाउ आउने आउने सम्भावना पनि बेसी हुने गर्छ ।

यस्तो समस्या हुदा प्रशस्त मात्रामा हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने, पानी पिउने, धेरै तातो खाने कुरा नखाने, धेरै मसला भएको चिल्लो नखानुका साथै मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने गर्नु पर्छ ।

यस संगसंगै बदाम भिजाएर खाने या हल्का उम्रेको गेडागुडी बिहान र बिहान खाने गर्नु पर्छ । घाउमा मह लपक्क लगाउनु का साथै निमको पात वा जिरा चपाउने गर्दा निकै आराम मिल्ने गर्छ । बारम्बार यस्तो समस्या भइरहेमा हामीले चिकित्सक समक्ष जाँच गराउनुपर्छ ।

बिभिन्न रोगको कारण जस्तै यौनरोग, मुखको क्यान्सर वा कुनै संक्रमणको कारणले पनि मुखमा घाउ आउन सक्ने भएकोले यस्ता घाउहरू जटिल हुन सक्छन् र घरेलु उपचारले काम नगरेमा औषधोपचार पनि आवश्यक हुन सक्छ ।

यसका कारण हामीले उपचारका लागि चिकित्सकको सल्लाह लिनु आवश्यक पर्छ ।

प्रकाशित मिति: May 22, 2019

प्रतिक्रिया दिनुहोस्