Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीके राउत नेतृत्वको जनमत पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं : सीके राउत नेतृत्वको जनमत पार्टी ९जपा० निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले राउतलाई दल दर्ता प्रमाणपत्र पनि दिएको छ । निर्वाचन आयोगले उक्त पार्टीलाई दर्ता गर्ने निर्णय जेठ ६ गते गरेको थियो ।

उनको पार्टीको दर्ता नम्बर १५० रहेको छ । सीके राउतको पार्टीको कार्यालय भक्तपुरको सूर्यविनायक उल्लेख गरिएको छ ।

दल दर्ता प्रमाणपत्र पाएपछि राउतले सबै जनता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र नेताहरुलाई ट्विटरमार्फत धन्यवाद दिएका छन् ।

पृथकतावादी आन्दोलनमा रहेका राउत सरकारसँग फागुन २४ गते ११ बुँदे सम्झौता गर्दै मूलधारको राजनीतिमा फर्किएका थिए ।

प्रकाशित मिति: May 22, 2019

प्रतिक्रिया दिनुहोस्