Logo
१५ चैत्र २०८०, बिहीबार
(May 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब पर्सा मालपोत कार्यालयमा पनि राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर

पर्सा : पर्साको वीरगंज महानगरपालिका वडा न. ३ स्थित मालपोत कार्यालयमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको एक्सटेन्सन काउन्टर संचालनमा आएको छ ।

शाखा कार्यालय वीरगंज मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट मालपोत कार्यालय पर्साबाट लिईने राजश्व, पूँजीगत लाभ कर, सेवा शुल्क तथा दस्तुर लगायतको रकम जम्मा गरिने बैंकले जनाएको छ । बैंकका प्रदेश २ का निमित्त प्रमुख विश्वप्रकाश ज्ञवालीले उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका छन् ।

एक्सेन्सन काउन्टर संचालनमा आएसँगै पर्सा मालपोत कार्यालयमा आउने सेवाग्राहीलाई सहज हुने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति: May 22, 2019

प्रतिक्रिया दिनुहोस्