Logo
७ बैशाख २०८१, शुक्रबार
(May 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली र प्रचण्डबीच बालुवाटरमा भयाे ३ घण्टा ‘गोप्य’ छलफल

काठमाडौँ : प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा ‘गोप्य’ छलफल भएको छ । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा भएको दुई नेताबीचको छलफल करिव ३ घण्टा चलेको बालुवाटार स्रोतले जनाएको छ ।

बिहान ९ बजे बालुवाटार पुगेका प्रचण्ड र ओलीबीचको तीन घण्टा गोप्य छलफलपछि उनीहरुले पार्टीका माहासचिव विष्णु पौडेललाई पनि बालुवाटार डाकेका थिए ।

त्यसपछि ओली प्रचण्ड र महासविव पौडेलबीच त्रिपक्षीय छलफल भएको छ । ओली र प्रचण्डबीच भएको उक्त छलफलमा सरकारका काम कारवाहीप्रति बाहिर भएका आलोचना, नेकपाको एकता प्रक्रियामा भएको ढिलाइ, सरकारले ल्याएको विधेयक तथा जेठ १५ मा सार्वजनिक गर्न लागिएको बजेटलगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

पछिल्लो समय सरकारले संसदमा पेश गरेका मिडिया काउन्सिललगायतका विधेयकमा प्रमुख प्रतिपक्ष दल तथा सञ्चारकर्मीहरुले चर्को विरोध गर्दै आएका छन् । प्रमुख प्रतिपक्षले मिडिया काउन्सिल विधेयक संसदबाट कुनै हालतमा पारित गर्न नदिने अडान राख्दै आएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले समेत केही विधेयकमा विवाद बढेपछि कानुनका जानकारहरुसँग छलफल चलाइरहेका बेला सत्तारुढ दलका दुई अध्यक्षबीच गोप्य भेटवार्ता भएको हो ।

प्रकाशित मिति: May 22, 2019

प्रतिक्रिया दिनुहोस्