Logo
१३ बैशाख २०८१, बिहीबार
(May 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकाको कडा आलोचना गरिएको गीत चीनमा भाइरल

बेइजिङ :  चीनमा आएको नयाँ प्रोपोगान्डा गीत ‘काराओके’ निकै चर्चामा आएको छ । सो गीत अहिले चीन र अमेरिकामा चलिरहेको व्यापार युद्धलाई लिएर अमेरिकालाई गाली गरेर बनाइएको छ ।

चीनको सामाजिक सञ्जाल वी च्याटमा त्यो निकै चर्चित भइरहेको पाइएको छ । चीनका पूर्व सरकारी अधिकारीले लेखेको सो गीतलाई गएको शुक्रबार वी च्याटमा राखिएकोमा हजारौं पटकसम्म त्यो हेरिएको छ ।

सो गीतमा अमेरिकाको कडा शब्दमा आलोचना रहेको छ । चीनमा गीत मार्फत सरकारी निकायबाट देशका युवा माझ सन्देश दिने गरिन्छ । गएको हप्ता चीनका पूर्वकर्मचारी तथा गीतकार झाओ लियाङ्गटनले सो गीत सामाजिक सञ्जालमा हालेका थिए । सो ३ मिनेटको भिडियो केही बेरमै भाइरल भएको थियो । (बीबीसी)

प्रकाशित मिति: May 22, 2019

प्रतिक्रिया दिनुहोस्