Logo
१२ बैशाख २०८१, बुधबार
(May 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के आमिर खानका भाञ्जा इमरान खानको सम्बन्धविच्छेद साँच्चिकै हुन लागेकै हो त ?

मुम्बई :  बलिउडका ‘मिस्टर परफेक्सनिष्ट’ भनिने आमिर खानका भाञ्जा इमरान खानको श्रीमती अवन्तिका मलिकसँग सम्बन्धविच्छेद हुन लागेको खबर विभिन्न भारतीय मिडियाले प्रकाशित गरेका छन् ।

भारतीय मिडियालाई विश्वास गर्ने हो भने इमरान र अवन्तिकाको सम्बन्ध ‘ब्रेकअप’ को स्थितीमा पुगिसकेको छ । इमरानकी श्रीमती अवन्तिका इमरानको घर छोडेर छोरी इमारासँग माइतीमा बसिरहेको खबर प्रकाशित भएको छ ।

यसबारे इमरान र अवन्तिकाबाट कुनै आधिकारिक बयान सार्वजनिक भएको छैन । ८ वर्षअघि सन् २०११ मा यी दुईले भव्य विवाह गरेका थिए । विवाह हुनुअघि यी दुई थुप्रै वर्षसम्म प्रेम सम्बन्धमा भएको पनि बताइन्छ । उनीहरुको सम्बन्धबारे अत्यधिक चर्चासमेत हुने गर्दथ्यो ।

प्रकाशित मिति: May 22, 2019

प्रतिक्रिया दिनुहोस्