Logo
७ बैशाख २०८१, शुक्रबार
(May 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् : आखिर किन भगवान विष्णु सर्पको ओछ्यानमा सुत्छन् ?

भगवना विष्णुका २४ वटा अवतार छन् । सम्पूर्ण चराचर जगतको रक्षार्थ भगवान विष्णु कहिल बराह अबतारमा प्रकट भएका छन् त कहिले मत्स्य, कहिले नारद, कहिले परशुराम त कहिले श्रीकृष्ण अवतारमै प्रकट भएको शास्त्रमा उल्लेख छ ।

त्यस्तै धार्मिक ग्रन्थका अनुसार हरेक देवीदेवतादेखि दानवसम्मका आ-आफ्नै बाहनहरु पनि तोकिएका छन् । आफ्नो बाहनमाथि उनीहरुले अधिपत्य जमाइरहेका हुन्छन् । तर भगवान विष्णुको बाहन गरुड भए पनि उनले सर्पको ओछ्यान बनाएर आराम गरिरहेका कैयौं प्रतिमा तथा तस्विर देख्दै आएका छौं । उनका हरेक प्रतिमा तथा चित्रहरुमा गरुडसँगै नाग (शेष नाग) जोडिएको हुन्छ ।

त्यसो त भगवान विष्णुलाई पापको सागरबाट दुनियाँलाई मुक्त गर्ने प्रतिकको रुपमा लिइन्छ । समयअनुसार जब संसारमा पाप बढेको थियो, तब विष्णुले सकल जगतको उद्धार गरेका थिए । शेषनाग ‘अनन्त’ अर्थात जसको कुनै सीमा छैन, त्यसको प्रतिक हो ।

हिन्दु धर्मका अनुुसार शेषनाग भगवान विष्णुको उर्जाको प्रतिक हो, जसमा उनी आराम गर्छन् । सबै ग्रह बस्ने आसन हिन्दू पौराणिक कथा अनुसार शेषनागले आफ्नो कुन्डलीमा सबै ग्रहलाई राखेको छ । र, उसले भगवान विष्णुको मन्त्रोच्चारण गर्छ । शेषनाग भगवान विष्णुको केवल आराम गर्ने स्थान मात्र नभएर रक्षक पनि भएको हुँदा उनी शेष नागमा शयन गर्ने गरेको शास्त्रमा उल्लेख छ ।

त्यस समयमा भगवान कृष्णलाई जब उनको पिता वासुदेवले जन्मनसाथ जेलबाट घरमा लैजाँदै थिए, त्यसबेला शेषनागले तुफानबाट रक्षा गरेका थिए । त्रेता युगमा शेषनागले लक्ष्मणको रुप लिएको थियो र द्वापर युगमा बलरामको रुप लिएको शास्त्रमा उल्लेख छ । दुबै जन्ममा उनले राम र कृष्णको साथ पनि दिएको पाइन्छ ।

प्रकाशित मिति: May 21, 2019

प्रतिक्रिया दिनुहोस्