Logo
१२ बैशाख २०८१, बुधबार
(May 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भेटन आएकी फेसबुक साथीलाई ६ दिनसम्म बन्धक बनाएर बलात्कार

जनकपुरधाम : जनकपुरका एक युवकले काठमान्डौंकी एक किशोरीलाई बन्धक बनाएर बलात्कार गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ शिवचोकका अन्दाजी बर्ष २५ का उत्सव गुप्ताले ललितपुर जिल्ला (काठमान्डौं) बस्ने एक १५ बर्षिय किशोरीलाई ६ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको रहस्य बाहिरिएको हो ।

फेसबुक मार्फत साथी बनेर फेसबुक मार्फत नै उनीहरु सम्पर्कमा आएका थिए भने उत्सवले ती किशोरीलाई विभिन्न प्रलोभन दिएर फकाएका थिए ।

फेसबुक मार्फत नै उनीहरुबीच सम्पर्क भएपछि एक दिन ती किशोरीलाई उत्सवले भेटन बोलाएको र भेटन आएपछि उनलाई आफ्नो मोटरसाईकलमा राखेर अपहरण गर्दै गुप्ता लगातार ६ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको महानगरीय प्रहरी वृत सातदोबाटो ललितपुरले जनाएको छ ।

किशोरी बेपत्ता भएपछि प्रहरीले खोजविन सुरु गरेका थिए । गुप्ताले प्रहरी खोज्न थालेको खबर पाएपछि युवतीलाई महालक्ष्मी स्थानमा छाडेर फारर छन् । गुप्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत सातदोबाटोका डीएसपी गौतम मिश्रले सोमबार बालिका अपहरण तथा करणीको उक्त घटनाबारे महालक्ष्मी मावि नखिपोटको ९ कक्षामा अध्ययनरत विद्यार्थीलाई सुनाएका थिए ।

दुई महिनाअघि किशोरीलाई गुप्ताले फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएका थिए । फ्रेण्ड रिक्वेस्टपछि साथी बनेका दुवै जनाबीच कुराकानी सुरु भएको थियो ।

प्रकाशित मिति: May 21, 2019

प्रतिक्रिया दिनुहोस्