Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकपका लागि वाहब रियाज र मोहम्मद आमिरको कमब्याक

एजेन्सी : आईसीसी एकदिवसीय विश्वकप क्रिकेट खेल्ने पाकिस्तानी राष्ट्रिय टोलीमा फेरबदल गरिएको छ ।

पाकिस्तानले गत बैशाख ५ गते सार्वजनिक गरेको १५ सदस्सीय टोलीमा ३ खेलाडी परिवर्तन गरेको जनाएको छ । अबिद अलि, फहीम आश्रफ र जुनैद खानलाई टिमबाट बाहिर राखिएको छ ।

उनीहरुको स्थानमा मोहम्मद आमिर, आसिफ अलि र वाहब रियाजलाई पाकिस्तानी टोलीमा समेटिएको छ । हाल इङ्ल्याण्डमा रहेका आमिरको ठ्याउला निको भएको कारण टिममा राखिएको हो ।

पाकिस्तानको टोलीमा कप्तान सर्फराज अहमद, मोहम्मद आमिर, बाबर आजम, आसिफ अलि, फकर जमान, ह्यारिस सोहेल, हसन अली, इमाद वासिम, इमाम उल हक, वाहब रियाज, मोहम्मद हाफिज, मोहँम्मद हसन, शादब खान, शाहिन साह अफ्रिदी र शोयब मलिक छन् ।

इंग्ल्यान्ड र वेल्समा आयोजना हुने विश्वकप आगामी मे ३० बाट सुरु हुनेछ । पाकिस्तानले ३१ मे मा वेष्ट इण्डिजविरुद्ध खेल्दै विश्वकपको यात्रा सुरु गर्ने छ ।

प्रकाशित मिति: May 21, 2019

प्रतिक्रिया दिनुहोस्