Logo
१५ चैत्र २०८०, बिहीबार
(May 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ऐश्वर्यामाथि अपमानजनक ट्वीटमा नराम्ररी फँसे विवेक, अन्ततः मागे माफी

विवेक ओबरोयले ऐश्वर्या राय बच्चनमाथि विवादित ट्वीटको विषयमा अन्ततः माफी मागेका छन् । वास्तवमा, एग्जिट पोलपछि एक मिम भाइरल भएको थियो जसलाई विवेकले आफ्नो ट्वीटर ह्यान्डलमा सेयर गरेका थिए ।

यो मिममा तीन तस्बिर थिए । एक तस्बिरमा ऐश्वर्या सलमानसँग देखिएकी छिन् । एकमा विवेकसँग र तेस्रोमा अभिषेक र छोरी आराध्यासँग देखिएकी छिन् । यो तस्बिरलाई उनले हल्का, फुल्का मुडमा नै सेयर गरेका थिए तर सोसल मिडिया प्रयोगकर्तालाई उनले सेयर गरेको मिम चित्त बुझेन ।

यसलाई एक महिलाको अपमान बताइँदै विरोध गरियो । सुरुमा त विवेक आफ्नो बचाउ गरिरहेका थिए । उनले यसले कसैको भावना आहत भएको जस्तो नलागेको बताएका थिए । उनले आफूले गल्ती नै नगरेका कारण माफी नमाग्ने पनि बताएका थिए । तर सायद उनलाई आफ्नो गल्तीको महसुस भयो होला त्यसकारण उनले सोसल मिडियामा माफी मागेका छन् ।

प्रकाशित मिति: May 21, 2019

प्रतिक्रिया दिनुहोस्