Logo
११ बैशाख २०८१, मंगलबार
(May 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मिडिया काउन्सिल विधेयकमा छलफलको आवश्यक’

काठमाडौं : नेकपाका नेता भीम रावलले मिडिया काउन्सिल विधेयकमा छलफलको आवश्यक रहेको बताएका छन् । रिपोर्टस क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै पत्रकार महासंघ लगायत सरोकारवाला पक्षले विधेयकको बारेमा विरोध गरेको हुँदा विवादित भनिएको विषयमा गहन छलफल गर्नुपर्ने बताएका हुन् ।

आफुले अध्ययन गर्दा विधेयकमा भएको व्यवस्था संविधानमा भएको प्रेस स्वतन्त्रताको व्यवस्थालाई अतिक्रमण गर्ने जस्तो देखिएको हुँदा गहन छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने बताए ।

विधेयकका कारण प्रेस स्वतन्त्रता र सूचना प्रवाहमा मा अंकुश लाग्ने अवस्था उत्पन्न हुन नदिन र सञ्चारकर्मीका अधिकार कुण्ठित गर्न नहुनेमा सबै सचेत हुनुपर्ने बताए । सरकारले वैशाख अन्तिम साता संसदमा मिडिया काउन्सिल विधेयक दर्ता गरेको थियो ।

विधेयकमा मिडिया काउन्सिलले २५ हजारदेखि १० लाखसम्म जरिवाना गर्नसक्ने, काउन्सिलका पदाधिकारीको चयन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव नेतृत्वको सिफारिस समितिले गर्ने, सरकारले काउन्सिललाई र काउन्सिलले सञ्चारमाध्यमलाई निर्देशन गर्नसक्ने, पदाधिकारीहरूलाई सरकारले जुनसुकै बेला बर्खास्तगी गर्न सकिने जस्ता प्रावधान छन् ।

विधेयकमा भएको यिनै व्यवस्थाले स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेको भन्दै विधेयक फिर्ताको माग गर्दै पत्रकार महासंघ आन्दोलनमा उत्रिएको छ ।

प्रकाशित मिति: May 20, 2019

प्रतिक्रिया दिनुहोस्