Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाइराख्नुहोस् : पोर्न फिल्म कतिको घातक हुनसक्छ ?

काठमाडौँ :  नेपालमा सरकारले पोर्न साइटमा प्रतिबन्ध लगाएको छ र आफूले भ्याएसम्मका पोर्न साइट बन्द गरेको छ । तर पनि ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेजस्तै अहिलेको युगमा डिजिटल सामाग्री र उत्पादनमाथि प्रतिबन्ध लगाउनु त्यती संभव नहोला । अनेक माध्याम र बाटाबाट यस्ता सामाग्री चुहिने गर्छन्, जसलाई ताल्चा ठोक्न सकिदैन ।

पोर्न साइट बन्द गर्नुको लक्ष्य चाहि बढ्दो यौन हिंसा नियन्त्रण नै हो । अतः यौनजन्य सामाग्री अहिले धेरैको लागि सहज पहुँचको विषय भएको छ । हातहातमा मोबाइल छ, घर-घरमा इन्टरनेट छ । यति भएपछि यौनजन्य सामाग्री हेर्न कसले छेकबार लगाउने ?

यौनप्रति चासो र रुची हुनु स्वभाविक पनि हो । यौनजन्य गतिविधिमा रमाउनु मानविय प्रवृत्ति पनि हो । यसर्थ यस्ता यौनजन्य जिज्ञासा मेट्ने र यौन तृष्णा मेट्ने माध्याममाथि प्रतिबन्ध लगाउनु त्यती वैज्ञानिक विधी होइन । यस्ता कुरामा अरुले रोकेर वा छेकेर हुँदैन, बरु आफै नियन्त्रित हुनुपर्छ । आफुसँग आफै इमान्दार र अनुशासित हुनुपर्छ । अरुको कर र बलमा होइन, आफ्नै विवेकले यस्ता कुराहरु त्याग्नुपर्छ ।

किनभने यौनजन्य सामाग्री हेर्ने अर्थात पोर्न साइट हेर्ने लत आफैमा राम्रो होइन । यसले प्रत्यक्ष केही असर पुर्‍याउँछ । जस्तो, हाम्रो समय नष्ट गर्छ । मनमा यौन विकार पैदा हुन्छ । पारिवारिक जीवन प्रभावित बनाइदिन्छ । यौनजन्य सामाग्री खोज्ने र हेर्ने लत लाग्छ । अझ पढ्दै गरेका, करियर बनाउँदै गरेका किशोरपुस्ताको जीवनशैली नै यसले प्रभावित बनाइदिन सक्छ । कतिपय नराम्रो कार्य गर्न समेत उक्साउने भय रहन्छ ।

पोर्न साइटको साइड इफेक्ट यस्ता छन् :

पोर्न साइट वा अश्लिल सामाग्री हेर्ने बानीले दिगममा समेत असर गर्ने बताइन्छ । मेडिकल डेली रिपोर्टका अनुसार पोर्न साइट हेर्ने बानी भएपछि मान्छेको मतिष्क धेरैजसो समय यौनजन्य कुराले ओगट्न थाल्छ । एक रिसर्च अनुसार यस किसिमको फिल्म हेर्न थालेपछि डोपामाइन हर्मोन निर्माण तिब्र हुन्छ, जसले कामेच्छा (सेक्स ड्राइभ) बढाउँछ । यो हर्मोन न्यूरो ट्रान्समिटरको रुपमा काम गर्छ ।

अहिले किशोरपुस्ता यौन सामाग्रीमा बढी रुची राख्छन् । उनीहरुका लागि यसको पहुँच पनि सहज छ । एक रिसर्च अनुसार करिब ७० प्रतिशत किशोर यौनजन्य सामाग्री हेरिरहेका हुन्छन् । उनीहरुमा यौनजन्य सामाग्री हेर्ने उत्सुकताले मस्तिष्कको विकासमा असर पुग्छ । साथसाथै यसले अनिद्रा, बेचैनी जस्ता समस्या पनि निम्त्याउने गर्छ ।

एक्लोपन

पोर्न साइट वा अश्लिल सामाग्री हेर्ने बानी भएपछि त्यसको सबैभन्दा खराब प्रभाव उनको आनीबानीमा पर्छ । जस्तो कि, यस किसिमको लत भएकाहरु एकान्तमा बस्न रुचाउँछन् । साथीमाझ घुलमिल हुने, रमाइलो गर्ने गर्दैनन् ।

एक्लै बस्ने, एकान्त खोज्ने गर्छन् । जब उनीहरुलाई यस्तो अनुकुलता मिल्छ, तब यौनकै बारेमा सोच्न थाल्छन् । यसबाट के हुन्छ भने उनीहरु पारिवारिक र सामाजिक जीवनबाट टाढा हुन्छन् ।

प्रकाशित मिति: May 20, 2019

प्रतिक्रिया दिनुहोस्