Logo
८ बैशाख २०८१, शनिबार
(May 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार भ्रष्टाचारको आखडा भएको संयोजक मिश्रको आरोप

बैतडी : साझा विवकशील पार्टीका संयोजक रवीन्द्र मिश्रले अहिले सरकार भ्रष्टाचारको आखडा भएको आरोप लगाएका छन् ।

संयोजक मिश्रले भ्रष्टाचार विरुद्धको अभियानअन्तर्गत बैतडीको पाटनमा आयोजित कोणसभालाई सम्बोधन गर्दै वर्तमान सरकारले गर्दा नै भ्रष्टाचार मौलाउँदै गएको आरोप लगाएका हुन् ।

उनले विकासको नाममा अनियमितता बढेको बताए । आफू निकटका मान्छेलाई योजना दिने अनि पार्टीका कार्यकर्ताले नै अनियमितता गर्ने गरेका उनको भनाई छ। वृद्धिको नारा दिएर मात्रै देश नबन्ने बताउदै उनले काम गरेपछि मात्रै जनताले विश्वास गर्छन । उनले भने, दुई तिहाइको सरकार भए पनि जनताको अपेक्षाअनुसार काम गर्न सकेको छैन ।

विपक्षी दल बलियो रुपमा नउभिँदा वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेस समेत बलियो विपक्षीका रुपमा प्रस्तुत नहुँदा सरकारको मनपरी चलेको छ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मात्रभुमको रक्षाका लागि सबैले एकजुट हुनुपर्नेमा संयोजक मिश्रको जोड रहेको छ । यही जेठ १ गते कैलालीको टीकापुरबाट शुरु भएको भ्रष्टाचार विरुद्धको अभियानअन्तर्गत मिश्र सहितको टोली बैतडी पुगेको हो ।

प्रकाशित मिति: May 20, 2019

प्रतिक्रिया दिनुहोस्