Logo
४ बैशाख २०८१, मंगलबार
(May 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मदर अफ ड्रयागनको आहूतिबाट सकियो गेम अफ थ्रोन्स सीरिज

टेलिभिजन मनोरञ्जनको क्षेत्रमा कम्तिमा यो शदीको सर्वाधिक चर्चित र लोकप्रिय सिरिज ‘गेम अफ थ्रोन’ अन्ततः समाप्त भएको छ । नेपाली समय अनुसार सोमबार बिहान अमेरिकी टेलिभिजन नेटवर्क एचबिओमा गेम अफ थ्रोनको आठौँ संस्करणको अन्तिम भाग प्रसारण भयो ।

विभिन्न ‘ट्वीस्ट एण्ड टर्न’ को अप्रत्याशित झड्का दिने सिरिजको अन्तिम भागमा सबैभन्दा ठूलो ट्वीस्ट भयो-जोन स्नोले आफ्नी प्रेमिका डिनेरस टाइगेरिनको हत्या गरे । जसलाई मदर अफ ड्रयागनका रुपमा पनि चिन्ने गरिएको छ । जोन स्नोले ‘तिमी जहिले पनि महारानी रहने छौ’ भन्दै चुम्बन गरेर चक्कु प्रहार गरेका हुन् । त्यो बेला डिनेरस सेभेन किङ्गडममाथि शासन गर्ने आइरन थ्रोनमा पुगेकी थिइन् ।

तर उनले मच्चाएको बिनास र भविष्यमा हुन सक्ने सम्भावित युद्ध रोक्ने एवम् स्टार्क परिवारका आफ्ना भाइ बहिनीको सुरक्षालाई ध्यानमा राखेर जोन स्नोले प्रेमको बलिदान दिए । डिनेरसलाई ड्रयागनले बोकेर लग्यो ।

सेभेन किङ्गडम मध्ये ६ राज्यको राजा भए ब्रायन स्टार्क र जोन स्नो आफ्नो परिवार र साथीहरु रहेको क्यासल ब्ल्याक गए । प्रेमको आहूति दिएका उनी अति नै भावुक देखिएका थिए । सान्साले नर्थको राज्यसत्ता लिइन् ।

प्रकाशित मिति: May 20, 2019

प्रतिक्रिया दिनुहोस्