Logo
७ बैशाख २०८१, शुक्रबार
(May 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘कञ्चना २’को रिमेकबाट अलग्गिँदै राघवले भने “नाम र दाम मात्र ठुलो कुरा होईन”

भारत :  साउथ फिल्ममा हरर विधामा सबैभन्दा रुचाईएको फिल्म कञ्चना २ को हिन्दी रिमेक निर्माणको क्रममा रहेको छ । जुन फिल्ममा अक्षय कुमार मुख्य नायकको भुमिकामा देखिँदैछन् । कञ्चना २ मा राघव लोरेन्स , तपसी पन्नु लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको थियो । जुन फिल्म सुपरहिट भएको थियो ।

सोही फिल्मको हिन्दी रिमेक ‘लक्ष्मी बम’ मा अक्षय कुमार देखिँदैछन् । फिल्मलाई राघव लोरेन्सले नै निर्देशन गर्ने भएका थिए । केही दिन अघि मात्र फिल्मको पोस्टर पनि आउट गरिएको थियो । जुन पोस्टरमा अक्षय ट्रान्सजेन्डरको भुमिकामा देखिएका थिए ।

यता फिल्मको पोस्टर पनि आउट हुनु अनि फिल्मबाट राघव लोरेन्सले हात पनि झिकेका छन् । आखिर अक्षय कुमार जस्ता नायकको फिल्मबाट उनले किन हात झिके त ? यही प्रश्नले यतिबेला बलिउडमा चर्चा भईरहेको छ ।

राघव लोरेन्सले ट्वीट गर्दै आफु विभिन्न कारणले फिल्मबाट अलग भएको बताएका छन् । उनले फिल्मको पोस्टर रिलिजमा असन्तुष्टी जनाउँदै फिल्मबाट निक्लिएको बताएका छन् । उनले लखेका छन् यस संसारमा एउटा मान्छेका लागि नाम र दाम भन्दा पनि ठुलो आत्मसम्मान हुन्छ । त्यसैले मैले यस फिल्मबाट निस्कने निर्णय गरेको छु ।

म सबै कारण त बताउँन चाहन्न तर तीमध्य एउटा कारण हो फिल्मको फस्टलुक पोस्टर । मलाई जानकारी नै , कुनै पनि छलफल नै नगराई फिल्मको पोस्टर सार्वजनिक गरिएको छ । उनले यसैमा आफ्नो अपमान भएको र थप निरास बनाएको जनाउँदै फिल्मबाट हात निकालेका हुन् ।

उनले आफु फिल्ममा नरहे पनि आफुले लेखेको स्क्रिप्ट फिर्ता नलिने बताएका छन् । राघव लोरेन्सले आफुले अक्षय कुमारको निकै सम्मान गर्ने भएकाले पनि स्क्रिप्ट फिर्ता नलिने बताए । उनले लेखेका छन् मैले कुनै पनि सम्झौता गरेको छैन , म मेरो स्क्रिप्ट फिर्ता लिन सक्छु तर म त्यस्तो गर्दिन । किनकी म व्यक्तिगत रुपमा अक्षय कुमार सरलाई धेरै नै सम्मान गर्छु । अब यसपछि अक्षयको कस्तो प्रतिक्रिया आउँला , के अक्षयले राघव लोरेन्सलाई फिर्ता ल्याउन सक्लान् ?

प्रकाशित मिति: May 20, 2019

प्रतिक्रिया दिनुहोस्