Logo
४ बैशाख २०८१, मंगलबार
(May 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजस्व कार्यालय पोखरा : कर नर्तिने व्यवसायीहरकाे नामसहितको सूचना प्रकाशित

पोखरा : आन्तरिक राजस्व कार्यालय पोखरामा १०५ वटा व्‍यावसायिक फर्महरूले कर नतिरेको पाइएको छ । सयभन्दा बढी कम्पनीहरुले बक्यौता कर (मूल्य अभिवृद्धि कर र अन्तरशूल्क) रकम दाखिला नगरेपछि नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग आन्तरिक राजस्व विभाग पोखराले आइतबार सार्वजनिक सूचना जारी गरी कर दाखिला गर्न आग्रह गरेको छ ।

आन्तरिक राजस्व कार्यालयले १५ दिने सूचना जारी गर्दै कर दाखिलाको लागि सम्पर्क गर्न र यदि कर तिरेको भए त्यसको प्रमाण ल्याउन पनि उल्लेख गरेको छ । कर नतिरे आयकर ऐन २०५८ को दफा १०४ देखि १११ सम्मको प्रक्रियाअनुसार, मूल्य अभिवृद्धि करको हकमा मूल्य अभिवृद्धि कर २०५२ दफा २१ ९१० तथा अन्तशुल्क ऐन २०५९ को १७ (१) अनुसार कर असुली गर्ने कार्यालयले जनाएको छ ।

त्यस्तै अन्तशुल्क नियमावली २०५८ को नियम ९ (१) बमोजिम कानुनी कारबाहीको प्रक्रिया अपनाएर कर असुल गरिने आन्तरिक राजस्व कार्यालय पोखराले जारी गरेको सूचनामा उल्लेख गरेको छ । आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख केशवकुमार उप्रेतीका अनुसार ठूला व्‍यावसायिक फर्महरूले नै कर तिर्न आनाकानी गरेकोले सार्वजनिक सूचना जारी गरिएको । २०७४/०७५ सम्मको मूल्य अभिवृद्धि एक लाख रुपैयाँभन्दा धेरै, आय करतर्फ ७५ हजार रुपैयाँ भन्दा धेरै कर नतिरेका व्यवसायीहरूको नामसहितको सूचना प्रकाशित भएको हो ।

पटकपटक ताकेता गर्दा पनि कर नतिरेपछि सूचना जारी गर्न बाध्य भएको आन्तरिक राजस्व कार्यालय पोखराका सूचना अधिकारी विजय लामिछानेले जानकारी दिए । उनले कर नतिर्ने सबै व्यावासायीलाई समयमै कर तिर्नसमेत आग्रह गरे ।

प्रकाशित मिति: May 20, 2019

प्रतिक्रिया दिनुहोस्