Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्किन केयर : गर्मीमा छालाको स्याहार गर्न अपनाउनुहोस् यी ५ उपाय

काठमाडौँ :  गर्मी मौसममा घामका कारण छालामा धेरै समस्या देखिन्छन् । चर्को घामले छाला डढ्ने, मेकअप बग्ने, पसिना बढी आउने, एलर्जी हुनेलगायत अनेकौं समस्या हुन्छन्।

यो समयमा छालाको स्याहार गर्न कठिन हुन्छ । तसर्थ जान्नुहोस् छालाको स्याहार गर्ने यी ५ उपाय :

१. गर्मीमा सकेसम्म पूरा बाहुला भएको पहिरन लगाउनुपर्छ । यसले शरीरको देखिने भागलाई डढ्नबाट जोगाउँछ ।

२. गर्मीमा सेतो वा हल्का रङका पहिरनको प्रयोग उचित हुन्छ । साथै सकेसम्म कम एसेसरिजको प्रयोग गर्नुपर्छ । कपाललाई धेरै कसेर बाँध्नु हुँदैन । गर्मीमा कपाल भरसक छोटो राखेको नै राम्रो हुन्छ।

३. कपाललाई स्याम्पूले धोएपछि कागतीको रस वा गुलाबजल मिलाएको पानीले धुनुपर्छ । यसो गर्दा कपालमा पसिनाको गन्ध आउँदैन । यदि टाउको चिलाउने भयो भने छालारोग विशेषज्ञसँग सम्पर्क राख्नुपर्छ ।

४. गर्मीमा धेरैभन्दा धेरै पानी पिउनुपर्छ । पानी पिउनाले शरीरको विषादी पसिना र पिसाबबाट बाहिर निस्कन्छ । गर्मी मौसममा वाटरप्रुफ मेकअपको प्रयोग गर्नुपर्छ ।

५. कुनै पनि विवाह, समारोह वा पार्टीमा जाँदा धेरै चर्को लाइट हुने भएकाले, त्यस्ता लाइटले मेकअपमा चाँडै असर पार्छ र मेकअप लामो समयसम्म टिक्दैन । यस्तो समस्याबाट बच्न वाटरप्रुफ र राम्रो कम्पनीको सौन्दर्य प्रशाधनको प्रयोग गर्नुपर्छ ।

प्रकाशित मिति: May 20, 2019

प्रतिक्रिया दिनुहोस्