Logo
४ बैशाख २०८१, मंगलबार
(May 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक्जिट पोलको परिणामले भारतीय राजनीतीमा खलवली : एक ढिक्का हुन ममता बेनर्जीको अहवान

भारतीय कांग्रेस तथा अरु विपक्षी पार्टीले लोकसभा चुनावको अन्तिम चरणको मतदान सकिए लगत्तैदेखि आएका एक्जिट पोलको परिणामलाई अस्वीकार गरेका छन् ।

विभिन्न भारतीय सञ्चारमाध्यमले गरेका एक्जिट पोलमा सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनलाई पुनः स्पष्ट बहुमत मिल्ने आँकलन गरिएका छन् ।

विभिन्न संस्थाका एक्जिट पोलमा सत्तारुढ एनडिए गठबन्धनले सबैभन्दाकम २४२ देखि सबैभन्दा बढि ३५० सिट जित्ने अनुमान गरिएका छन् । मतलगणना मे २३ अर्थात आउँदो बिहीबार हुनेछ ।

विपक्षी पार्टीले एक्जिट पोलका आँकलन खारेज गरेका छन् । समाचार संस्था एएनआईका अनुसार कांग्रेस नेता तथा पञ्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिंदर सिंहले भनेका छन्, ‘मलाई लाग्दैन कि एक्जिट पोल सही छन् ।’

पश्चिम बंगालकी मुख्यमन्त्री तथा तृणमूल कांग्रेसकी प्रमुख ममता बेनर्जीले एक्जिट पोललाई अस्वीकार गर्दै इबिएम मेसिनमा गडबडी गर्ने षडयन्त्र हुन सक्ने बताएकी छन् ।

उनले ट्वीट गरेकी छन्, ‘म एक्जिट पोलमा विश्वास गर्दिन । यसैको बहानामा हजारौँ इबिएम मेसिन फेरबदल गर्ने योजना भएको हुन सक्छ । म सबै विपक्षी नेतासँग आग्रह गर्छु कि बलियो बनेर एकजुट रहौँ । हामी यो लडाईँ मिलेर लड्ने छौँ ।’

प्रकाशित मिति: May 20, 2019

प्रतिक्रिया दिनुहोस्