Logo
११ बैशाख २०८१, मंगलबार
(May 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के सेलेना गोमेज आफूभन्दा झण्डै दोब्बर उमेरका व्यक्तिसँग बिहे गर्दै छिन् ?

अमेरिकाकी चर्चित गायिका तथा नायिका सेलेना गोमेजले कान्स फिल्म फेस्टिभलमा उपस्थिति जनाएपछि उनले आफ्नो ‘ब्युटीनेस’मार्फत संसारको ध्यान तानिन् । अहिले भने उनी फेरि अर्को एक खुलासाका कारण सबैको चर्चाका विषय बनेकी छिन् ।

सेलेनाले तस्वीर शेयरिङ एप इन्स्टाग्राममा कान्स फिल्म फेस्टिभलमा सहभागी भएका तस्वीर शेयर गर्दै एउटा तस्वीरमा क्याप्सन लेखिन् – बाइ द वे, बिल मुर्रे एण्ड आई आर गेटिङ म्यारिड । उनको यो स्टाटसले मनोरञ्जन जगतको ध्यान खिचेको छ । किनकि सेलेना बल्ल २६ वर्ष पुगिन् भने मुर्रे उमेरका हिसाबले झण्डै दोब्बर जेठा छन् ।

उनले बिहीवार लेखेको यो स्टाटसले रातारात चर्चा पायो । उनको यो निर्णयमा फ्यानका विभिन्न प्रतिक्रिया आएका छन् ।

कान्सको रेड कार्पेटमा यी दुई कानेखुशी गरेपछि प्रेम सम्बन्धका बारेमा मिडियामा समाचार बनेका थिए । यसअघि भने सेलेनाले गायक जस्टिन बिबरसँग लामो समय सम्बन्ध जोडेकी थिइन् । पछिल्लो समयमा आएर यी दुई बीचको सम्बन्ध टुटेको थियो । त्यसपछि सेलेना लामो समय प्रेमबाट टाढा रहे पनि उनको नाम अन्य कलाकारसँग पनि जोडिएर आएको थियो ।

६८ वर्षीय बिल मुर्रेले एक अन्तर्वार्तामा गोमेजको खुलेर तारिफ गरेका थिए । उनले आफू निकै मन पर्ने र सेलेना दयालु स्वभावको भएको बताएका थिए । यता अर्को समाचार एजेन्सीले भने मुर्रेसँग बिहे गर्ने भनेर सेलेनाले मजाक गरेको बताएको छ ।

प्रकाशित मिति: May 20, 2019

प्रतिक्रिया दिनुहोस्