Logo
१५ चैत्र २०८०, बिहीबार
(May 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्वतमा बनाउँदै गरेको पाइप बम विस्फोट

पर्वत : पर्वतमा पाइप बम विस्फोट हुँदा २ जना घाइते भएका छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर छ ।

जिल्लाको बिहादी गाउँपालिका-६, शालीग्राममा आइतबार साँझ बनाउँदै गरेको पाइप बम विस्फोट हुँदा २७ वर्षीय छविलाल घर्ती र समीर राना घाइते भएका भएका छन् । घाइतेमध्ये घर्तीको अवस्था गम्भीर छ ।

पर्वतका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजन रायमाझीले घर्तीले माछा मार्ने प्रयोजनका लागि सलाइको काँटी भरेर पाइप बम बनाउँदै गर्दा आइतबार साँझ विस्फोट भएको जानकारी दिए ।

विस्फोटबाट गम्भीर घाइते घर्तीको अहिले पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घर्तीले बनाएको बम विस्फोट हुँदा नजिकै रहेका १६ वर्षीया किशोर समीरा राना घाइते भएका छन् ।

प्रकाशित मिति: May 20, 2019

प्रतिक्रिया दिनुहोस्