Logo
७ बैशाख २०८१, शुक्रबार
(May 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टोखामा प्रहरीद्वारा डाँकामाथि गोली प्रहार

सांकेतिक तस्बिर

काठमाडौं : सर्वाधिक खोजीको सूचीमा रहेका काले भनिने विष्णु तामाङलाई प्रहरीले गोली हानी काठमाडौँको टोखाबाट पक्राउ गरेको छ । पक्राउ गर्न गएको टोलीलाई हतियार देखाएपछि घुँडामुनि गोली हानेर पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी केदार ढकालले बताए ।

उनको साथबाट हतियारसहित पाँच राउण्ड गोली बरामद भएको बताइएको छ । घाइते तामाङको उपचार वीर अस्पतालमा उपचार भइरहेको छ ।

विभिन्न आठ ठाउँमा डकैती गरेको आरोपमा २०७२ सालमा ६ वर्ष जेल सजाय पूरा गरी छुटेका सिन्धुपाल्चोकको मेलम्चीका तामाङ फेरि पनि चोरी डकैतीमा संलग्न भएपछि प्रहरीले खोजी सुरु गरेको थियो।

प्रकाशित मिति: May 20, 2019

प्रतिक्रिया दिनुहोस्