Logo
१५ चैत्र २०८०, बिहीबार
(May 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेट्रोलबिना नै सोलारबाट चल्ने अनौठो स्कुटर

पेट्रोलियम पदार्थको विकल्पमा बिभिन्न कम्पनीहरुले बिद्युतिय सावरी साधन उत्पादनलाई तिब्रता दिन थालेका छन् । यस्तोमा बिभिन्न कम्पनीहरुले नयाँ नयाँ कन्सेप्टहरु ल्याउन सुरु गरेका छन् ।

यस्तोमा टीभीएस मोटर कम्पनीले सनरुफ युक्त इलेक्ट्रीक तथा हाइब्रिड स्कुटरको निर्माण गर्ने तयारी गरेको छ । सन् २०२२ सम्ममा सार्बजनिक गर्ने लक्ष्य लिएको उक्त स्कुटर रुफयुक्त हुनेछ । कम्पनीले छानामा सोलार प्यानल लगाइएको स्कुटरको तस्विर आफ्नो सोसल मिडियामा पोष्ट गर्दैै उक्त घोषणा गरेको हो ।

स्कुटरमा दिइएको रुफले घाम, पानी र हावाबाट समेत चालकलाई सुरक्षा प्रदान गर्नेछ भने माथि जडान भएको सोलार प्यानल मार्फत ब्याट्री चार्ज गर्न मिल्ने व्यवस्था गर्ने कम्पनीले जनाएको छ । स्कुटर चलिरहेको समयमा ब्याट्री चार्ज हुने हुँदा तुलनात्मक रुपमा स्कुटरको रेन्ज बढ्ने कम्पनीले जनाएको छ । यसको रुफ हलुका मेटरियलबाट बन्ने कम्पनीले दाबी गरेको छ ।

स्कुटरलाई विन्ड ब्लास्टबाट बचाउन विन्ड स्क्रिन, ब्याकरेस्ट र हेडरेस्ट कम्फर्ट पिलन, स्प्लिट स्टाइल पिलन ग्राब रेल दिइएको छ । कम्पनीले यो स्कुटर व्यक्तिगत प्रयोजनका लागि मात्रै नभई कमर्शियल प्रयोगमा आउने दाबी गरेको छ ।

कम्पनीले यो स्कुटर सन् २०२० को अटो एक्स्पोमा प्रदर्शन गर्ने कम्पनीले तयारी गरेको अनुमान गरिएको छ । कम्पनीका सीईओ केएन राधाकृष्णले पहिलो इलेक्ट्रीक टुह्वीलर क्रियोन अवधारणामा निर्माण हुने बताएका छन् । यस स्कुटरमा इन्टेलसँगको सहकार्यमा निर्माण भएको स्मार्ट कनेक्टेड फिचर दिइएको उनले बताए । ५.१ सेकेन्डमा ० देखि ६० किलोमिटर प्रतिघन्टाको रफ्तार पकड्ने यो इलेक्ट्रीक स्कुटरमा १२ किलोवाट लिथियम आयोन ब्याट्री लगाउने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: May 20, 2019

प्रतिक्रिया दिनुहोस्