Logo
७ बैशाख २०८१, शुक्रबार
(May 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय संसदका दुवै सदनको बैठक आज

काठमाडौं : दुवै सदनको बैठक बस्दैछ। सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीका तर्फबाट महालेखा परीक्षकको ५६औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीका तर्फबाट सरकारको आर्थिक वर्ष २०७४/७५ को सुशासन प्रतिवेदन तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आर्थिक वर्ष २०७४/०७५ को सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डले जानकारी दिए। बैठकमा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले अर्थ समितिद्वारा तयार पारेको आर्थिक वर्ष २०७६/७७ को प्रिबजेट छलफल कार्यक्रमसम्बन्धी प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको प्रवक्ता पाण्डेले बताए ।

त्यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णाकुमारी सुवेदीले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले प्रहरी समायोजन विधेयक छलफलका लागि पेश गर्नेछन् भने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन विधेयक पेश गर्नेछ । बैठकमा वन मन्त्री शक्तिबहादुर बस्नेतले वन विधेयक पेश गर्ने कार्यसूची छ ।

राष्ट्रियसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रमाण दोस्रो संशोधन विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।

प्रकाशित मिति: May 20, 2019

प्रतिक्रिया दिनुहोस्