Logo
८ बैशाख २०८१, शनिबार
(May 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैतडीमा जीप दुर्घटना : ३ जनाको मृत्यु, ३ घाइते

बैतडी : बैतडीमा आज जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

देहीमाडौँबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नं को जीप आज बिहान ११.३० बजेतिर दशरथ चन्द नगरपालिका-११ नानीगाड भन्ने स्थानमा दुर्घटना हुँदा अन्य तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका-१० बाराकोटका अन्दाजी ४५ वर्षका हीराबल्लभ भट्ट, सोही ठाउँका अन्दाजी ६५ वर्षीय नरुली भट्ट रहेका छन् । मृत्यु हुनेमध्ये एकजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनामा परी दशरथचन्द नगरपालिका-१० का अन्दाजी ४० वर्षका प्रकाश भट्ट, कञ्चनपुरको महेन्द्रनगर बस्ने अन्दाजी २६ वर्षीय राहुल भट्ट र जीप चालक दशरथचन्द नगरपालिका-१० का नवीन भट्ट घाइते भएका छन् ।

घटनास्थल अहिले प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरी नेतृत्वको टोली पुगेको छ । जीप दुर्घटनाको कारण खुलेको छैन् । जीप सडकबाट १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: May 19, 2019

प्रतिक्रिया दिनुहोस्