Logo
७ बैशाख २०८१, शुक्रबार
(May 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाण्डौंको गौशालाबाट ३५ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ

काठमाडौं : राजधानीको गौशालाबाट करीब ३५ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ परेका छन् ।

गौशालास्थित गणेशस्थानबाट ३४ लाख ८९ हजार ३०० रुपैयाँसहित सोलुखुम्बु अर्जुन राई, सुलिन राई तथा सुनसरीका जगत खड्का पक्राउ परेको महानगरीय प्रहरी बृत्त गौशालाका डीएसपी सुनील मल्लले जानकारी दिए ।

अवैध हुण्डीको कारोबार हुने गरेको गोप्य सुचनाको आधारमा डीएसपी मल्लकै नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको छ।

प्रकाशित मिति: May 19, 2019

प्रतिक्रिया दिनुहोस्