Logo
७ बैशाख २०८१, शुक्रबार
(May 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शान्ति सुरक्षा प्रभावकारी बनाउन महानगरवासीले गराए प्रहरीको गम्भीर ध्यानाकर्षण

काठमाडौं : काठमाडौ महानगरपालिका वडा नम्बर २८ र २९ का स्थानीयले शान्ति सुरक्षा प्रभावकारी हुन नसकेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आईतबार काठमाडौंको कालिकास्थानमा आयोजित अन्तरक्रियामा स्थानीयले सामुदायिक प्रहरी टोलटोलमा स्थापना भएपनि चोरीका घटना नियन्त्रण हुन नसकेको गुनासो गरेका हुन् ।

उनीहरुले जनताको प्रत्यक्ष सरोकार राख्ने खानेपानीको सुविधा, सडक मर्मत, फोहर संकलन, मनपरी ट्याक्सी भाडा लिने ट्याक्सी चालक तथा सडक दुर्घटनाका विषयमा गुनासो गरे ।

टोलवासीको सुरक्षाको लागि सिसि क्यामेरा राख्नुको साथै जेष्ठ नागरिकका बारेमा पनि विवरण संकलन गरि उनीहरुको स्थिति सार्वजनिक गर्न माग गरे । वडावासीले प्रहरी साझेदारी कार्यक्रमको क्षेत्राधिकार पनि स्पष्ट पार्न माग गरे ।

स्थानीयले बढ्दो सवारी दुर्घटना, सडकको दुरावस्था, मिटरमा जान नमान्ने ट्याक्सी चालकबाट पीडित बन्नुपरेको, दैनिक फोहर संकलन हुन नसक्दाको पीडा तथा स्वस्थ पिउने पानी लगायत विषयमा गुनासो गरेका थिए ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले शान्ति सुरक्षा लगायत सार्वजनिक सरोकारका विषयमा सञ्चालिन कार्यक्रम प्रभावकारी बनाउन प्रहरीले विद्यालय, समुदाय र संघ-संस्थासँग मिलेर काम गरिरहेको भन्दै सामुदायिक कार्यमा सहभागी बन्न सबैलाई आव्हन गरे ।

प्रकाशित मिति: May 19, 2019

प्रतिक्रिया दिनुहोस्