Logo
८ बैशाख २०८१, शनिबार
(May 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैंकहरुले निक्षेप संकलनका साथै लगानीको क्षेत्र बढाउन मुख्यमन्त्री राउतको सुझाव

जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले वाणिज्य बैंकहरुलाई आर्थिक तथा समाजिक क्षेत्रमा समेत उत्तरदायी हुनु पर्ने बताएका छन् । आइतबार जनकपुरमा एनआइसी एसिया बैंकको जनकपुर स्थित पिराडी चौक शाखाको उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले बैंकहरुले निक्षेप संकलनका साथै लगानीको क्षेत्र समेत बढाउन सुझाए ।

अहिलेको लगानी अनउत्पादक क्षेत्रमा बढी भएको उल्लेख गर्दै प्रदेश सरकारको प्राथमिकता अनुसार कृषि, रोजगार लागयतको क्षेत्र पहिचान गरि लगानी बढाउनु पर्ने उल्लेख गरे ।

मुख्यमन्त्री राउतले सिएसआरको रकमलाई प्रदेश सरकार संग समन्वय गरेर शिक्षा र स्वास्थ्यको क्षेत्रमा लगानी गर्न समेत आग्रह गरे ।

एनआइसी एसिया बैंक पिराडी शाखाका प्रवन्धक जितेन्द्र साहको अध्यक्षतामा भएको उक्त समारोहमा नीति आयोगका सदस्य डा.सुरेन्द्र झा, प्रमुख जिल्ला अधिकारी प्रदीप राज कणेल, बैंकका प्रदेश प्रमुख प्रकाशचन्द्र अधिकारी सहितको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: May 19, 2019

प्रतिक्रिया दिनुहोस्