Logo
७ बैशाख २०८१, शुक्रबार
(May 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोनिज काठमाडौं शाखाको साधारणसभा सम्पन्न

काठमाडौं : आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं शाखाले आफ्नो पहिलो वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

शनिबार अनामनगरमा आयोजित साधारणसभा कार्यक्रममा वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र कार्यसमितिमा रिक्त रहेका पदहरुमा पदपूर्ति गर्दै आफ्नो पहिलो साधारणसभा सम्पन्न गरेको हो ।

साधारणसभामा बाल्दै प्रमुख अतिथि प्रदेश तीन इन्चार्ज समीर बलामीले फोनिज काठमाडौं शाखालाई नयाँ कार्य योजनाका साथ अगाडि बढ्न मार्गदर्शन गर्दै फोनिजको चुनौती र समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उक्त साधारणसभामा शाखाकी सचिव रोजिना लामाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शाखाको सदस्य विस्तार तथा नयाँ कार्ययोजना उल्लेख गरिन् ।
शाखाकी कोषाध्यक्ष निशा तामङले आव ०७४र०७५ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शाखाको आर्थिक गतिविधिबारे जानकारी दिइन् ।

साधारण सभाले रिक्त रहेको उपाध्यक्षमा पदमा श्याम नापितलाई चयन गरेको छ भने राम मगरलाई सहसचिवमा चयन गरेको छ । कार्यसमिति सदस्यहरुमा नयाँ सदस्यहरु शैलेश डंगोल, सरु श्रेष्ठ, यशोदा भुजेल,र राजनी श्रेष्ठलाई निर्वाचित गरेको छ ।

फोनिज अध्यक्ष राज्यलक्ष्मी शाक्यको अध्यक्षतामा सम्पन्न साधारणसभा कार्यक्रममा प्रमुख अतिथि प्रदेश इन्चार्ज समीर बलामी साथै विशेष अतिथि फोनिज संघीयबाट कोषध्यक्ष अमरध्वज लामा, प्रदेश ३ का अध्यक्ष पेमा लामा साथै ललितपुर जिल्लाका अध्यक्षको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: May 19, 2019

प्रतिक्रिया दिनुहोस्