Logo
१५ चैत्र २०८०, बिहीबार
(May 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य बिग्रियो, रिहा गर्न माग

ढाका : बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले बन्दी जीवन बिताइरहेकी पूर्वप्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य अवस्था बिगिँदै गएको भन्दै तत्काल रिहा गर्न माग गरेको छ । बीएनपीले आइतबार पत्रकार सम्मेलन गरेर तत्काल पूर्वप्रधानमन्त्री जियालाई रिहा गर्न माग गरेको हो ।

जीवन मरणको दोसाँधमा रहेकी जियालाई तत्काल रिहा गरेर सरकारले पर्याप्त मेडिकल सुविधा प्रदान गर्नुपर्ने बीएनपीको माग छ । पार्टीले शेख हसीना सरकारमाथि आरोप लगाउँदै गम्भिर स्वास्थ्य समस्यासँग जुधिरहेकी जियालाई जानीजानी उपचारबाट वञ्चित गरिएको बताएको छ ।

बीएनपीका स्थायी समिति सदस्य जमीरुद्दिन सरकारका अनुसार एक्लोपन र पर्याप्त उपचार अभावका कारण जिया मुटु लगायत अन्य रोगबाट ग्रसित छिन् । तीन पटक बंगलादेशकी प्रधानमन्त्री रहिसकेकी ७३ वर्षिया जिया गत वर्षको फेब्रुअरी महिनादेखि ढाकामा २ सय वर्ष पुरानो जेलमा बन्दी छिन् ।

उनलाई अदालतले भ्रष्टाचारका मामिलामा १० वर्षको जेल सजाय तोकेको छ । ‘ढाका ट्रिब्यून’ ले बीएनपीका स्थायी समिति सदस्य सरकारलाई उद्धृत गर्दै समाचारमा भनेको छ, ‘‘खालिदा जिया जिन्दगी र मृत्युको बीचमा फसेकी छिन् । खालिदालाई जेलमा राखिनु, उनलाई जमानत नदिनु संविधान र मानवाधिकार विपरीत छ ।’’

प्रकाशित मिति: May 19, 2019

प्रतिक्रिया दिनुहोस्