Logo
६ बैशाख २०८१, बिहीबार
(May 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘कान्स फिल्म फेस्टिबल’ मा प्रियंका कार्कीको सहभागिता

काठमाडौँ :  हरेक वर्ष फ्रान्सको पेरिसमा कान्स फिल्म फेस्टिबलको आयोजना हुने गर्छ । यस वर्ष फिल्म फेस्टिबलको ७२ औं संस्करण फ्रान्समा सुरु भइसकेको छ । अन्तरराष्ट्रिय रुपमा सेलिब्रिटीका लागि सर्वाधिक सफल र चासोको रुपमा हेरिने यो फेस्टिबलमा संसारभरीका सेलिब्रिटीको उपस्थिती रहने गर्छ ।

यसलाई संसारभरीका सेलिब्रिटीको मेला नै भन्दा फरक नलाग्ला । छिमेकी देश भारतबाट पनि केही अभिनेत्री रेडकार्पेटमा पुगेकै हुन्छन् ।

यसवर्षको कान्स नेपालका लागि पनि विशेष छ किनभने यसपटक नेपाली अभिनेत्री पनि कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा आफ्नो जलवा बिछ्याउनेछिन् र ती अभिनेत्री हुन् प्रियंका कार्की । कार्की कान्सका लागि नेपाल ब्रान्ड एम्बेसेडरको रुपमा सेलेक्ट भएकी छिन् ।

यसबारे नायिकाले आफ्नो फेसबुक अकाउन्टमा जानकारी दिएकी छिन् । कान्स फिल्म फेस्टिबल २०१९ मा उनी नेपालको प्रतिनिधित्व गर्दै रेड कार्पेटमा हिँड्ने भएकी छिन् । प्रत्येक वर्ष चर्चित सेलिब्रिटी कार्पेटमा हिँड्दा एकदिन म पनि त्यहाँ हुनेछु भन्दै संकल्न गर्ने गरेको उनले बताइन् । त्यो एक दिन अन्ततः आइपुगेको उनले बताएकी छिन् ।

कान्स फिल्म फेस्टिबलमा उनको चार कार्यक्रममा सहभागिता हुनेछ । मे २० (जेठ ६) देखि मे २४ (जेठ १०)सम्म कार्यक्रममा सरिक हुने उनले बताएकी छिन् । कान्समा सहभागी हुन आयोजकबाट निम्तो आउनुपर्ने नियम छ । कान्समा सहभागिताका लागि निकै लामो प्रोसेस झेलेकी उनले यो यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएकी छिन् ।

प्रकाशित मिति: May 19, 2019

प्रतिक्रिया दिनुहोस्