Logo
१५ चैत्र २०८०, बिहीबार
(May 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘संघीय प्रणालीलाई नरुचाउनेहरू सल्बलाउन खोज्दै छन्’ : पूर्वप्रधानमन्त्री दाहाल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय प्रणालीलाई नरुचाउनेहरू सल्बलाउन खोजेको बताएका छन् ।  उनले त्यस्ता व्यक्तिहरूलाई चुप लगाउनका लागि संघीय प्रणालीले जनतालाई सेवा दिएर र विकास निर्माणका कामलाई तीव्रता दिनुपर्ने धारणा राखेका छन ।

आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा प्रचण्डले संघीयता विरोधीहरूलाई चुप लगाउनका लागि विकास गर्ने र यसबाट जनतालाई बढीभन्दा बढी सेवा दिने बनाउनुपर्ने धारणा राखे । संघीय गणतन्त्रलाई नरुचाउने र हिजोको केन्द्रीकृत व्यवस्था रुचाउने मान्छेहरू सल्बलाउन थालेका छन् ।, प्रचण्डले थपे, हामीले छिटोभन्दा छिटो भौतिक पूर्वाधार निर्माण गर्नुपर्दछ । जनतालाई सेवा दिने कुरालाई गती दिँदै विकास निर्माणमा पनि गती दिनुपर्दछ ।

अध्यक्ष प्रचण्डले संघीय सरकारले अगाडि सारेको सुखी नेपाली, समृद्ध नेपालुको नारालाई पनि साकार पार्नका लागि तीनवटै तहका सरकार लाग्नुपर्ने धारणा राखेका थिए । स्थानीय तहहरूले सुरुमा ऐन, कानुन र भौतिक संरचनाको कमीले गर्दा काम गर्न नसकेको भन्दै प्रचण्डले अब त्यो अवस्था हट्न लागेको बताए ।

संघीय नेपालले जनतालाई राम्रो सेवा दियो भन्ने प्रमाणित गर्नुपर्ने हुन्छु अध्यक्ष प्रचण्डको आग्रह थियो । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव, सांसद तथा नेकपाकी नेतृ पम्फा भुसाल, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: May 19, 2019

प्रतिक्रिया दिनुहोस्