Logo
७ बैशाख २०८१, शुक्रबार
(May 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेसस्वतन्त्रतालाई संकुचित बनाउने विधेयकका प्रावधान हटाउन अध्यक्ष थापाको माग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले हालै ल्याएको ‘मिडिया काउन्सिल विधेयक’ प्रेसस्वतन्त्रताविरुद्ध ‘मृत्युको घण्टा’ हुनसक्ने चेतावनी दिएका छन् ।

शनिबार बिहान ट्विट गर्दै अध्यक्ष थापाले प्रजातन्त्रको मेरुदण्डको रूपमा रहने प्रेसस्वतन्त्रतालाई संकुचित बनाउने विधेयकका प्रावधान हटाउन माग गरेका छन् । ‘लोकतन्त्रको अभ्यास भइरहेको बेला प्रेसविरुद्ध कठोर दृष्टिकोण र मिडिया काउन्सिलको स्वयत्तताको हनन उपयुक्त हुँदैन’, उनले लेखेका छन् ।

प्रेस स्वतन्त्रताविरोधी प्रावधान राखिएको भन्दै मिडिया काउन्सिल विधेयक रोक्न माग गर्दै पत्रकारहरू आन्दोलनमा रहेका वेला थापाको यस्तो प्रतिक्रिया आएको हो ।

प्रकाशित मिति: May 18, 2019

प्रतिक्रिया दिनुहोस्