Logo
१३ बैशाख २०८१, बिहीबार
(May 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवाहित महिलाको व्यक्तित्व विकाशका लागि ‘मिसेस नेपाल ग्रान्ड’ सुरु

काठमाडौं : विवाह पछि महिलाहरु घर तथा कार्यालयको काम काजमा सिमित हुनुपर्ने अबस्था छ ।

तर यो अबस्थाबाट माथि उठाएर सेलिब्रेटी समेत बनाउन यल मिडियाले गतवर्षबाट मिसेस नेपाल ग्रान्ड आयोजना गर्दै आएको छ । यसरी विवाहित महिलाहरुको व्यक्तित्व विकाश, प्रतिभा प्रस्तुति र विभिन्न अबसरका लागि ‘मिसेस नेपाल ग्रान्ड-२०१९, सिजन-२’ आयोजना हुने भएको छ ।

यो प्रतियोगिताको लागि अडिसनको फारम खुला गरिएको आयोजक संस्था यल मिडियाकी अध्यक्ष रमी श्रेष्ठले जानकारी गराएकी छिन् । यो प्रतियोगिताले हरेक महिलालाई सेलिब्रेटी बनाउन सक्ने पनि श्रेष्ठले बताएकी छिन् । यो प्रतियोगितामा ५० वर्ष ननाघेका जुनसुकै उमेरका विवाहित महिलाले भाग लिन पाउने पनि आयोजक श्रेष्ठले जानकारी गराईन् ।

जेठको पहिलो साता र दोश्रो साता अडिसन लिएर प्रशिक्षण सुरु गरी असारमा भव्य समारोहबीच मिस नेपाल ग्रान्ड-२०१९ चयन गरिने भएको छ । अडिसनपछि चयन भएका महिलाहरुलाई व्यक्तित्व विकाश, महिला शक्तिकरण सम्बन्धि प्रशिक्षण, पब्लिक स्पिकिङ, जुम्बा, स्विमिङ, क्याटवाक, नृत्य, सेल्फ मेकअप, मिडिया म्यानेजमेन्ट, बिजनेश म्यानेजमेन्टसहित विभिन्न प्रशिक्षण दिइने भएको छ ।

‘मिसेस नेपाल ग्रान्ड-२०१९, सिजन-२’का बिजेताले नगद रुपैयाँ, तीन महिनाको ब्युटिसियन सम्बन्धि विशेष कोर्ष, फिटनेश सम्बन्धि एक महिनाको बिशेष कोर्ष सहित विभिन्न अबसर र उपहार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: May 18, 2019

प्रतिक्रिया दिनुहोस्