Logo
१२ बैशाख २०८१, बुधबार
(May 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘केही कम्युनिष्टहरुले लगाएको समाजवादी नारा भतुवा समाजवादी नारा हो’ : महासचिव वैद्य

काठमाडौं : नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्य (किरण)ले सत्तासीन नेकपाका नेताहरुलाई ‘भतुवा’ कम्युनिष्टको संज्ञा दिएका छन् ।

सोही पार्टीका नेता सिपी गजुलेरद्वारा लिखित संग्रह ‘राजनीतिक घटनाक्रम र प्रवृतिहरु’ को विमोचन समारोहमा उनले यस्तो बताएका हुन् । ‘सिपी गजुरेलजीले यो पुस्तकमा अन्तर्राष्ट्रिय कम्युनिष्ट र नेपालको कम्युनिष्ट आन्दोलन बारेमा राम्रो लेख्नुभएको छ । सत्तामा रहेका नेपालका केही कम्युनिष्टहरुले यतिबेला समाजवादको नारा लगाइरहेको छ,’ महासचिव वैद्यले भने, ‘उनीहरुको लगाएको समाजवादी नारा भतुवा समाजवादी नारा हो । उनीहरु भतुवा कम्युनिष्टका रुपमा रुपान्तरण भएका छ । उहाँले पनि पुस्तकमा यही अनुसार चित्रण गर्नुभएको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भतुवा पुँजीवादीको पक्षधर भएको गम्भीर आरोप लगाए । ‘ओली र प्रचण्ड भतुवा पुँजीवादी हुन् । भतुवा कम्युनिष्ट हुन् । उनीहरुले सच्चा कम्युनिष्टको बेइज्जत गरिरहेका छैन । काँग्रेसले कम्युनिष्टको सरकारले केही गर्ने सकेन भन्छन्’ महासचिव वैद्यले भने,‘उनीहरु कम्युनिष्ट नै होइनन्, भतुवा हुन् । भतुवाको कुनै ठाउँ ठेगाना हुँदैन । उसले अरुको बनाएको खाने काम गर्छ । ओली प्रचण्ड पनि त्यस्तै हुन् ।’

कितावमाथि बढी केन्द्रित भएका उनले उक्त पस्तकले संसदीय व्यवस्था र वर्तमान सरकारको भण्डाफोर गरेको दाबी गरे । साथै महासचिव वैद्यले गजुरेलको पुस्तकले सच्चा कम्युनिष्टलाई एकजुट गराउन र संघीय जनगणतन्त्रको बहस सिर्जना गराएको पनि बताए । ‘अवसरवादी कम्युनिष्टहरु एकजुट भएका छन् । उहाँको पुस्तकले अब सच्चा कम्युनिष्टहरुलाई पनि एकजुट हुन आवश्यक रहेको औल्याएको छ । फेरि संघीय जनगणतन्त्रको बहस पनि सिर्जना गराएको छ । हामी पनि सच्चा कम्युनिष्टलाई गोलबद्ध बनाउने अभियान छौँ,’ उनले भने ।

पुस्तकका लेखक गजुरेलले राजनीतिक परिवर्तन भएको भनेर छरेको भम्रलाई पुस्तकमार्फत चिरफार गरेको दाबी गरे । उनले भने, ‘समृद्धिको कुरा त राजा वीरेन्द्रदेखि महेन्द्रसम्मले रटेकै हुन् नि ? केपी ओलीले पनि त्यही पारामा समृद्धिको रटान गरिरहेका छन् । समृद्धिका लागि कुनै व्यक्ति बाधक होइन । यो संसदीय व्यवस्था बाधक हो । २००७ सालबाट विभिन्न आन्दोलन भए । त्यही संसदीय व्यवस्था ल्याइयो, खोई विकास भएको रु त्यसैले नयाँ बहस र विचारको क्रान्तिका लागि यो पुस्तकले परिवर्तनकारी भूमिका खेल्ने आशा लिएको छु ।’

उक्त पुस्तकमाथिको समीक्षा गर्दै प्रा.डा.जगदिशचन्द्र भण्डारीले राजनीतिक दर्शन र विचारबाट विचलित भएकाहरुलाई एक झाप्पड दिएको बताए । साथै उनले वर्ग विरोधीलाई पुस्तकले प्रष्ट चिनाउने काम गरेको भन्दै कम्युनिष्ट आन्दोलन भत्काउनेलाई जवाफ पनि दिएको बताए ।

प्रकाशित मिति: May 17, 2019

प्रतिक्रिया दिनुहोस्