Logo
६ बैशाख २०८१, बिहीबार
(May 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई बैंकबीचको सम्झौताअनुरुप ओम डेभलपमेन्ट एनएमबि बैंकमा गाभिने

काठमाडौं :  ‘ख’ वर्गको ओम डेभलपमेन्ट ‘क’ वर्गको एनएमबि बैंकमा गाभिने भएको छ । दुई बैंकबीच यससम्बन्धी सम्झौतामा बिहीबार सम्झौता भएको हो ।

सम्झौतामा एनएमबि बैंकको तर्फबाट सञ्चालक प्रदीस्पराज पाण्डे र ओम डेभलपमेन्ट बैंकको तर्फबाट सञ्चालक योगेन्द्रलाल प्रधानले हस्ताक्षर गरे । एनएमबि बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ओम डेभलपमेन्ट बैंकले ५३ वटा शाखा र एउटा एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गरिरहेका छन् । मर्जरपछि १६३ वटा शाखा र ५ वटा एक्सटेन्सन काउन्टर पुग्नेछन् ।

त्यसैगरी १२० वटा एटिएमको सञ्जाल हुनेछ । मर्जरपछि बैंकको कुल पुँजी तथा जगेडा कोषमा वृद्धि भई २० अर्ब ४२ करोड रुपैयाँ पुग्नेछ । मर्जरपछि पनि बैंकको नाम एनएमबि बैंक नै रहनेछ । बैंकले दुईपल्ट बैंक अफ द इयरको उपाधि प्राप्त गरिसकेको छ ।

प्रकाशित मिति: May 17, 2019

प्रतिक्रिया दिनुहोस्