Logo
१२ बैशाख २०८१, बुधबार
(May 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीका लागि गण्डकी प्रदेश सरकारले गर्यो यस्तो निर्णय

कास्की : गण्डकी प्रदेश सरकारले प्रहरीलाई मोटरसाइकल किनिदिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीलाई मोटरसाइकल किनिदिने निर्णय गरेको हो । गण्डकी प्रदेशका प्रवक्ता रामशरण बस्नेतका अनुसार मन्त्रिपरिषद्को निर्णयले मोटरसाइकल किन्न ९२ लाख बराबरको रकम छुट्याएको छ ।

‘सरकारले अफसेट प्रेस खोल्नका लागि विनियोजन गरेकोे रकम रकमान्तर गरेर प्रहरीका लागि मोटरसाइकल किन्ने निर्णय गरेको छ,’ उनले भने, ‘सार्वजनिक खरिद ऐन अनुसार टेन्डर निकालेर मोटरसााइकल खरिद गछौँ ।’

‘गाउँमा अत्यावाश्यक पर्दा हिँडेर सेवा दिनुपर्ने अवस्था छ । सकेसम्म गाडी नै दिनुपर्ने हो । तर, अहिले त्यो सम्भव छैन त्यसैले मोटरसाइकल दिन लागिएको हो,’ मन्त्री बस्नेतको भनाई छ ।

प्रकाशित मिति: May 17, 2019

प्रतिक्रिया दिनुहोस्