Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेरोजगार युवालाई सुरक्षागार्डकाे तालीम शुरु

जुम्ला : जुम्लाका बेरोजगार युवालाई आफ्नै गाउँठाउँमा स्वरोजगार बनाउन सुरक्षा तालीम शुरु गरिएको छ ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालय र व्यावसायिक तथा सीप विकास तालीम केन्द्र जुम्लाको सहयोग तथा शुभलाभ सेक्युरिटी सर्भिसेज जुम्लाको आयोजनामा बुधबारदेखि सुरक्षागार्डसम्बन्धी एकमहीने तालीम शुरु भएको हो ।

व्यावसायिक तथा सीप विकास तालीम केन्द्र जुम्लाका प्रमुख नारायण चौलागाईंका अनुसार १८ देखि ४० वर्षउमेर समूहका बेरोजगार युवालाई लक्षित गरी विभिन्न सीपमूलक तालीमको आयोजना गरिएको छ ।

चन्दनाथ नगरपालिका-४ का वडाध्यक्ष जगदीश चौलागाइले राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै जुम्लामा विभिन्न उद्योग, वित्तीय संस्था र कलकारखाना स्थापना हुने क्रम बढिरहेको उल्लेख गरिएका छ।

यी क्षेत्रको सुरक्षाका लागि आवश्यक पर्ने सुरक्षागार्ड उत्पादनका लागि यो तालीमको आयोजना गरिएको बताए । तालीममा पाँच महिलासहित २० जना युवाको सहभागिता रहेको छ।

प्रकाशित मिति: May 16, 2019

प्रतिक्रिया दिनुहोस्