Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकामा ट्रम्पले गरे राष्ट्रिय संकटकालको घोषणा

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विदेशी साइबर हमलाको स्थितीमा अमेरिकी कम्प्युटरलाई बचाउनका लागि राष्ट्रिय संकटकालको घोषणा गरेका छन् । ट्रम्पले एक कार्यकारी आदेश जारी गरेर राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् ।

उनको यो आदेशपछि अमेरिकी कम्पनीहरुलाई विदेशी दुरसंचार सेवाको उपयोग गर्नबाट प्रतिबन्ध लगाइएको छ । यी विदेशी दुरसंचार सेवाका कारण राष्ट्रिय सुरक्षालाई खतरा हुनसक्छ भनिएको छ । ट्रम्पले आफ्नो आदेशमा कुनै पनि कम्पनीको नाम लिएका छैनन् ।

यद्यपी, विश्लेषकका अनुसार राष्ट्रपति ट्रम्पले यो कदम विशेष रुपमा चीनको टेलिकम कम्पनी ह्वावेका लागि उठाएका हुन् । थुप्रै देशले ह्वावे कम्पनीको उत्पादनको प्रयोगले चीनलाई जासुसीका लागि सहयोग गरिरहेको अनुमानज गरेका छन् ।

टेलिकम उपकरण बनाउने संसारको सबैभन्दा ठूलो कम्पनी ह्वावेले यद्यपी यी आशंकालाई निराधार बताउँदै आफ्नो कामले कसैलाई हानी नोक्सानी नहुने र जासुसीको कुनै जोखिम नभएको बताएको छ ।

ह्वाइट हाउसको बयान अनुसार ट्रम्पको आदेशको उद्देश्य ‘अमेरिकालाई विदेशी दुश्मनबाट बचाउनु हो जो सक्रिय रुपमा लगातार सूचना र संचार प्रविधी एवं सेवाको उपयोगबाट अतिसंवेदनशील बनेका छन् ।’

प्रकाशित मिति: May 16, 2019

प्रतिक्रिया दिनुहोस्