Logo
६ बैशाख २०८१, बिहीबार
(May 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी एकताको घोषणा जेठ ३ मा हुनसक्ने अध्यक्ष दाहालले दिए संकेत

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको अन्तिम घोषणा हुन अब केही दिन मात्रै बाँकी रहेको बताएका छन। बुधबार युवा संघ नेपालको २९ औँ स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले तत्कालिन एमाले र माओवादी केन्द्रको एकताको काम अन्तिम चरणमा पुगेको बताए ।

अध्यक्ष दाहालले जेठ ३ गते मदन भण्डारीको निधन भएको दिन उक्त घोषणा हुनसक्ने संकेत गरेका छन । प्रचण्डले भने, हल्ला नभएको दिन नहुन सक्छ । जेठ ३ गते सबै घोषणा गरिदिउँ भन्ने छ । त्यो दिन भएन भने ४, ५ गतेसम्म होला। धेरै टेन्सन नलिनुहोला । प्रधानमन्त्री आज विदेशबाट आउदै हुनुहुन्छ, भोलि बिहान छलफल हुन्छ । अरूको भएन भने ३ गते जनसंगठनको टुंग्याइदिउँ भन्ने हुन्छ ।

यसअघि नेकपाले जिल्ला अध्यक्ष र सचिवहरूको घोषणा गरेको छ। अब पोलिटब्युरो, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, जनवर्गीय संगठनको एकताको टुंगो लगाउन बाँकी छ।

प्रकाशित मिति: May 15, 2019

प्रतिक्रिया दिनुहोस्