Logo
७ बैशाख २०८१, शुक्रबार
(May 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहेको तयारीमा रहेकी निशा मृत अवस्थामा फेला परिन्

बुटवल : रुपन्देहीको गौडहवा गाउँपालिकामा एक किशोरी मृत फेला परेकी छन् ।

गैडहवा गाउँपालिका वडानम्बर १ साँडिकाकी १९ बर्षीय सवनाम निशा मृत फेला परेकी हुन् । बिहेको तयारीमा रहेको निशा सोमबारदेखि हराएकी थिइन् ।

बुधबार बिहान उनको शव खेतको कुलोमा फेला परेको थियो । स्थानीयवासीले उनको हत्या भएको हुनसक्ने आंशका गरेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रमुख एसपी हृदय थापाले मुख सुनिएको अवस्था भेटिएको बताए ।

‘घटना केही शंस्कास्पद छ, मुख निकै फुलिएको छ, हामीले गम्भिर रुपमा अुनसन्धान गरेका छौ’ एसपी थापाले बताए ।

निशाको घर परिवारले बिहे गर्न केटासँग कुरा भइरहेको जनाएको छ । मृतकको पोष्टमार्टमका लागि काठमाडौं टिचिङ्ग अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक युवालाई नियन्त्रमा लिएको छ ।

प्रकाशित मिति: May 15, 2019

प्रतिक्रिया दिनुहोस्