Logo
१५ चैत्र २०८०, बिहीबार
(May 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘अबको केही घण्टाभित्रै नेकपाको एकता प्रकृया टुङ्गिन्छ’ : महासचिव पौडेल

काठमाडौँ : नेकपाका महासचिव विष्णु पौडेलले अबको केही घण्टाभित्रै नेकपाको एकता प्रकृया टुङ्गिने बताएका छन् ।

बुधबार नेकपा निकट युवासंघको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पौडेलले यहि जेठ ३ गते पार्टी एकीकरण टुङिगएको घोषणा गर्ने तयारी भइरहेको बताएका हुन् ।

‘एकताका धेरै महत्वपूर्ण काम गरेपनि केही बाँकी छ भन्ने कुरामा धेरैको गुनासो सुनिन्छ । अब त्यो गुनासो धेरै दिन सुन्न पर्दैन । पार्टी एकता अवको केही घण्टाभित्र हुन्छ’ महासचिव पौडेलले भने, ‘जेठ ३ गते बिहान मदन भण्डारीको स्मृतिसभा र एकता प्रकृयामा बाँकी रहेका महत्वपुर्ण विषय टुङ्ग्याउने तयारी भइरहको छ ।’

उनले युवाहरु र सरकारबीचको सम्बन्ध हिजोको जस्तो नभएको भन्दै आज परिस्थिति बदलिएको बताए ।

उनले युवाहरु सरकारसँग प्रतिपक्षीय भूमिकामा नभई नीति निर्माणका लागि एउटै टेबलमा बसेर छलफल गर्न सक्ने अवस्था भएकाले विचार र छलफलबाटै युवा आन्दोलनलाई शसक्त बनाउन आग्रह गरे ।

प्रकाशित मिति: May 15, 2019

प्रतिक्रिया दिनुहोस्