Logo
१३ बैशाख २०८१, बिहीबार
(May 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-भारतबीचको सम्बन्धमा नयाँपन आएको छ : भारतीय विदेशमन्त्री स्वराज

काठमाडौं : भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाल-भारतबीचको सम्बन्धमा नयाँपन आएको बताएकी छिन् ।

मंगलबार भारतको पाँच दिने भ्रमणका लागि दिल्ली पुगेको नेपाली पत्रकारहरुको प्रतिनिधिमण्डलसँगको अनौपचारिक भेटमा विदेशमन्त्री स्वराजले नेपाल–भारतबीचको सम्बन्धमा नयाँपन आएको बताउँदै दुई देशको सम्बन्ध अहिलेजस्तो राम्रो कहिल्यै नभएको बताएकी हुन् ।

विदेशमन्त्री स्वराजले नेपाल-भारत सम्बन्ध धेरै सुमधुर रहेको र यसलाई आगामी दिनमा अझै उचाईमा पुर्याउनुपर्ने बताएकी छिन् ।

त्यस्तै, विदेश सचिव विजय केशव गोख्लेसँगपनि पत्रकारहरुले भेटवर्ता गरेका थिए । भेटमा सचिव गोख्लेले नेपाल-भारत सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनको लागि भारतले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे ।

त्यस्तै, उनले विगतका तिता मिठा अनुभवबाट सिक्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति: May 15, 2019

प्रतिक्रिया दिनुहोस्