Logo
१२ बैशाख २०८१, बुधबार
(May 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुरु भयो ‘कामना फिल्म अवार्डस् २०७६’

काठमाडौं : ‘कामना फिल्म अवार्डस् २०७६’ सुरु भएको छ । आयोजक कामना न्यूज पब्लिकेसनले एक बिज्ञप्ती जारी गर्दै अवार्डका लागि आवेदन आह्वान गरिएको छ । २०७५ साल भित्र निर्माण प्रदर्शनमा आएका फिल्मले अवार्डमा सहभागिता जनाउन पाउने छन् ।

पब्लिकेसनका कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठले पब्लिकेसन अध्यक्ष एवं वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको हालै निधन भए पनि श्रेष्ठको चाहना अनुसार अवार्डलाई निरन्तरता दिन लागेको बताए । कामनाको ३५औं वर्षिक उत्सवमा अवार्ड आयोजना गरिनेछ । स्टार अफ द इयर विधा थपिएसँगै ३२ विधामा अवार्ड प्रदान गरिँदै आएको छ ।

यो अवार्ड प्रतिस्पर्धामा रहेका सम्पूर्ण २६ विधामा जुनसुकै विधामा पनि भाग लिन पाइने आयोजकले जनाएको छ । अवार्डमा चलचित्र क्षेत्रमा पु¥याएको योगदानका आधारमा पर्दामा देखिने तथा पर्दापछाडि बसेरकाम गर्ने एक/एकजनालाई जनही १ लाख रुपैयाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम एचिभमेन्ट अवार्ड) प्रदान गरिनेछ ।

प्रकाशित मिति: May 15, 2019

प्रतिक्रिया दिनुहोस्