Logo
१२ बैशाख २०८१, बुधबार
(May 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शेयर बजार :  मंगलबार दोहोरो अङ्कले वृद्धि

काठमाडौं :   शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार सूचक १४।१२ बिन्दुले बढेर १ हजार ३१५.४५ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेन्टिभ परिसूचक १।५ बिन्दुले बढेर २७९।७४ अङमा पुगेको छ ।

स्टकका अनुसार आज कूल १७० कम्पनीको ३१ लाख ६६ हजार ४६७ कित्ता शेयर रु १ अर्ब ३ करोड ७२ लाख ५८ हजार ७२९ मूल्यमा कारोवार भयो । कारोवार भएका १२ उपसमूहमध्ये आज व्यापार उपसमूहको मात्रै शेयर घटेको छ । सो उपसमूह ०.१७ बिन्दुले घटेको छ । बैंकिङ १४.१४, होटल १७.५७, विकास बैंक ११.६०, जलविद्युत् २.५९, वित्त २.६९, निर्जीवन बीमा १४५.८४, उत्पादन ८४.७१, अन्य ०.०८, लघुवित्त ९.५०, जीवन बीमा ४३.०८ र सामुहिक कोष ०.०९ बिन्दुले बढेको छ ।

स्टकका अनुसार नेपाल बैंक लिमिटेडको प्रतिकित्ता रु ३१३ का दरले रु १० करोड ७९ लाख ८५ हजार ६४४, शिवम् सिमेन्ट प्रतिकित्ता रु ५४६ का दरले रु ८ करोड ४१ लाख ३६ हजार ७००, कृषि विकास बैंकको प्रतिकित्ता रु ४१६ का दरले रु ७ करोड ८६ लाख ९८ हजार ६०६, एनसिसी बैंकको रु ५ करोड ५२ लाख २५ हजार ५५६, प्राइम बैंकको रु ४ करोड ८२ लाख १८ हजार २७४ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडको रु ३ करोड १६ लाख ११ हजार ९१० मा कारोवार भई शीर्ष स्थानमा रहे । राष्ट्रिय बीमा कम्पनी लिमिटेडका शेयरधनीले १० प्रतिशतले कमाएका छन् ।

यस्तै राष्ट्रिय बीमा कम्पनी लिमिटेडका संस्थापक शेयरधनीले ९.९९, शिवम् सिमेन्ट ९.८६, भार्गव विकास बैंक ८.१५, कृषि विकास बैंक ७.७७, कर्पोरेट डेभलपमेन्ट बैंक ७.१४, ओरियन्टल होटल ६.४२ र युनाइटेड मोदी हाइड्रोपार कम्पनीका शेयरधनीले ६.०३ प्रतिशतले कमाए ।

सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ७.५५, जोशी हाइड्रोपावर कम्पनी ५, सपोर्ट माइक्रोफाइनान्स ३।७१, ग्लोबल आइएमई समुन्नत स्किम ३.७० तथा समुन्न्त माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकका शेयरधनीले ३.६५ प्रतिशतले गुमाए ।

प्रकाशित मिति: May 14, 2019

प्रतिक्रिया दिनुहोस्