Logo
६ बैशाख २०८१, बिहीबार
(May 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘भ्रष्टाचारको अन्त्यको शुरुवात आफूबाटै हुनुपर्छ’ : मुख्यमन्त्री राउत

जनकपुर : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले भ्रष्टाचार संस्थागत हुँदै गएको बताएका छन् ।

मंगलबार उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको आयोजनामा भएको ‘प्रशासकीय न्याय, सकारात्मक सोच र सेवा’ विषयक अन्तरक्रिया कार्यक्रमलाई जनकपुरमा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सेवा प्रवाहको झन्झटिलो प्रक्रियाले भ्रष्टाचार मौलाउँदै गएको टिप्पण्णी गरेका हुन् ।

उनले सेवाग्राहीले झन्झटिलो प्रक्रियालाई थेग्न नसकेपछि घुस दिएर काम गराउने प्रवृत्ति बढेको भन्दै यसले सेवा प्रवाहको प्रक्रिया जनमुखी र व्यवहारिक हुन नसकेको बताए । मुख्यमन्त्री राउतले भ्रष्टाचारको अन्त्यको शुरुवात आफूबाटै हुनुपर्ने पनि बताए ।

उच्च अदालत जनकपुरका मुख्यन्याधीश हरि पोखरेलको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा मधेशी आयोगका अध्यक्ष डा. विजय दत्त, उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिका अध्यक्ष काशिराज दाहाल, प्रमुख जिल्ला अधिकारी प्रदिप कनेल लगायतकाहरुको उपस्थिति रहेका थियो ।

प्रकाशित मिति: May 14, 2019

प्रतिक्रिया दिनुहोस्