Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साइप्रसमा सिरियल किलिंग : नेपालीसहित ७ जना प्रवासी महिलाको हत्या

साइप्रस :  साइप्रसमा पछिल्लो केही हप्ताभित्र एक नेपालीसहित ७ जना प्रवासी महिलाको हत्या भएको छ । हत्या गरिएका धेरै महिला एसियाका हुन् ।

यो घटनापछि अहिले साइप्रसमा त्राश र भय उत्पन्न भएको छ । यो द्वीपीय देशमा सिरियल किलिंगलाई लिएर मानिसहरुमा आक्रोश देखिएको छ । मानिसहरुले आफ्नो रिस प्रहरी प्रशासनमाथि पोखेका छन् ।

मिडिया रिपोर्टका अनुसार, अप्रिलदेखि अहिलेसम्म ७ जना प्रवासी महिलाको हत्या भएको हो, जसमा एकजना नेपाली र ४ जना फिलिपिन्सका महिला रहेका छन् । त्यसैगरी हत्या गरिएकामा ६ देखि ८ वर्षसम्मका २ जना बालिका पनि रहेका छन् । हत्या गरिएका महिलाहरुको परिचय भने खुलाइएको छैन ।

प्रकाशित मिति: May 14, 2019

प्रतिक्रिया दिनुहोस्