Logo
१३ बैशाख २०८१, बिहीबार
(May 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कति छ आज सुनको मूल्य ? हेर्नुहोस्

काठमाण्डौ :  सुनको भाउ मंगलबार तोलामा १ हजार रुपैयाँ बढेको छ । छापवाला सुन मंगलबार प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार स्थिर रहँदै तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा एक हजार रुपैयाँ बढेको हो । त्यस्तै तेजावी सुन ६० हजार ७ सयमा कारोबार भैरहेको छ ।

यसकै प्रभावले नेपाली बजारमा सुन महंगिएको हो । यस्तै चाँदी मंगलबार तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: May 14, 2019

प्रतिक्रिया दिनुहोस्