Logo
१३ बैशाख २०८१, बिहीबार
(May 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेसमाथि अंकुश लगाउने विधेयक तत्कालन फिर्ता लिन उपसभापति निधिको माग

जनकपुर : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले मिडिया काउन्सिल मार्फत प्रेस जगतमाथि अंकुश लगाउन खोजेको भन्दै सो विधेयक तत्कालन फिर्ता लिन माग गरेका छन् । मंगलबार विहान गृहजिल्ला जनकपुरमा पत्रकार सम्मेलन आयोजन गर्दै उपसभापति निधिले प्रेस काउन्सिललाई खारेज गरेर मिडिया काउन्सिलमार्फत मिडियालाई नियन्त्रण गर्न खोजिनु निन्दनीय भएको बताए ।

उपसभापति निधिले मिडिया काउन्सिल गठन गरी मन्त्रालयको शाखा कार्यालयको रुपमा परिणत गर्न खोजिएको पनि बताए । उपसभापति निधिले प्रेस जगतको स्वतन्त्रता माथि आक्रमण गर्नु लोकतन्त्रमाथिको पनि आक्रमण भएको भन्दै तत्काल मिडिया काउन्सिल सम्बन्धि विधेयक फिर्ता लिन माग गरे ।

निधिले मिडिया काउन्सिलसम्बन्धी विधेयकमा पत्रकारलाई १ करोड रुपैयाँ सम्म जरिवाना तथा १५ वर्षसम्मको जेल सजायको व्यवस्था राख्नुले सरकार अधिनायकवादको बाटोमा हिँडिरहेको स्पष्ट हुने बताए । पूर्व राजा ज्ञानेन्द्र शाहले जसरी सत्ता हत्याउनका लागि प्रेसमाथि आक्रमण गरेका थिए सोही हिसाबले वर्तमान सरकार पनि ज्ञानेन्द्र पथमा हिँडेको उनको आरोप थियो ।

निधिले सरकारले संचार जगतसंगै सम्बन्धित विज्ञापन सम्बन्धि ऐन, सूचना प्रविधिसम्बन्धी ऐन, सार्वजनिक प्रसारण सम्बन्धी ऐन समेत ल्याउनु गलत रहेको बताए ।

प्रकाशित मिति: May 14, 2019

प्रतिक्रिया दिनुहोस्